असोज २१, २०८३ बुधबार October 7, 2026

सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

पक्राउ परेका ढकाल र चौधरीमाथि थप अनुसन्धान गर्दै अख्तियार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, ९ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र मेकानिकल अधिकृतलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले घुसको रकमसहित कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई पक्राउ गरेको हो ।

आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा सर्लाहीको बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँ तल्लामा रहेको डिभिजन प्रमुखको निवासमा छापा मार्दा ढकाल बसेको सोफामा सेवाग्राहीसँग लिएको रु सात लाख ५० हजार रकम बरामद भएको छ ।

खानतलासीको क्रममा स्रोत नखुलेको थप रु ७१ हजार ११५ नगदसमेत बरामद भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्न प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेको भन्ने उजुरीका आधारमा छापा मारिएको उहाँको भनाइ छ । पक्राउ परेका ढकाल र चौधरीमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार
स्वास्थ्यमन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
२०८३ असोज २१, बुधबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ असोज २१, बुधबार
राष्ट्रपति समक्ष आयोगहरूको वार्षिक प्रतिवेदन पेश
२०८३ असोज २१, बुधबार
आज अक्टोबर ७ : हमास आक्रमणको तीन वर्ष पूरा, इजरायलमा शोक र स्मरण कार्यक्रम
२०८३ असोज २१, बुधबार
कांग्रेस सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता
२०८३ असोज २१, बुधबार