श्रावण १०, २०८३ आइतबार July 26, 2026

लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट मिटिङको भव्य तयारी हुँदैं

साउन २३ मा लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ को प्रथम डिष्ट्रिक्ट क्याबिनेट बैठक आगामी श्रावण २३ गते शनिबार काठमाडौंमा आयोजना गर्ने भएको छ। ‘Leading with Purpose’ भन्ने मूल नारासहित भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने बैठकमा डिष्ट्रिक्टअन्तर्गतका करिब १ हजार ५ सयभन्दा बढी लायन्स प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

नेपालमा सञ्चालित १५ वटा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्टमध्ये सक्रिय, प्रभावशाली तथा सेवामुखी डिष्ट्रिक्टका रूपमा परिचित डिष्ट्रिक्ट ३२५ के नेपालको यो प्रथम क्याबिनेट बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। बैठकमार्फत नयाँ कार्यकालका नीति, योजना, सेवा कार्यक्रम, सदस्य विस्तार, नेतृत्व विकास, वित्तीय व्यवस्थापन तथा आगामी तीन महिनाका प्राथमिकताबारे विस्तृत छलफल गरिने जनाइएको छ।

डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले यसपटकको क्याबिनेट बैठक ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै डिष्ट्रिक्टका सबै तहका नेतृत्वलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ। उहाँका अनुसार बैठकमा पूर्व डिष्ट्रिक्ट गभर्नर (PDG), डिष्ट्रिक्ट क्याबिनेटका सिनियर लिडर्स, क्लब अध्यक्ष, क्लब सचिव, कोषाध्यक्ष, विभिन्न समितिका संयोजक, जोन तथा रिजन चेयरपर्सनलगायत करिब १ हजार ५ सय प्रतिनिधिको उपस्थिति रहने अपेक्षा गरिएको छ।

डिष्ट्रिक्टअन्तर्गतका क्लबहरूबाट प्रतिनिधिहरूको नाम दर्ता गर्ने प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको रजिष्ट्रेशन कमिटीले जनाएको छ। देशका विभिन्न जिल्लाबाट सहभागी हुने प्रतिनिधिहरूका लागि दर्ता, स्वागत, बसोबास तथा व्यवस्थापनका कार्यहरू अन्तिम चरणमा पुगेका छन्।

यसपटकको क्याबिनेट बैठकको होस्ट क्लबका रूपमा बागमती क्षेत्रका सात वटा क्लबलाई जिम्मेवारी प्रदान गरिएको छ। क्याबिनेट बैठकको जिम्मेवारी पाउने क्लबहरूमा लायन्स क्लब अफ काठमाडौं जागृति, काठमाडौं कोसेली, काठमाडौं सिद्धि, काठमाडौं टेम्पल सिद्धि विनायक, काठमाडौं हाम्रो संगम, काठमाडौं आशीर्वाद तथा काठमाडौं आबद्ध रहेका छन्। ती क्लबहरूले कार्यक्रम व्यवस्थापन, स्वागत, आतिथ्य, मञ्च व्यवस्थापन, दर्ता, भोजन, स्वयंसेवक परिचालन तथा समन्वयको जिम्मेवारी सम्हाल्नेछन्।

कार्यक्रमलाई व्यवस्थित, अनुशासित र भव्य रूपमा सम्पन्न गर्न डिष्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर एवं कार्यक्रम संयोजक लायन मुना थापाको संयोजकत्वमा विभिन्न समितिहरू गठन गरिएको छ। कार्यक्रमलाई भब्य प्रचारात्मक सहित बिशेष बनाउन डिजी थिम चिफ लायन श्रीकृष्ण मानन्धर संयोजक रहनेगरी सुभेनियर प्रकाशन समिति समेत गठन गरिएको छ । त्यसबाहेक प्रचार–प्रसार, मञ्च व्यवस्थापन, दर्ता, आतिथ्य, सुरक्षा, स्वयंसेवक परिचालन, प्राविधिक व्यवस्थापन, वित्त, सांस्कृतिक कार्यक्रम तथा समापन व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति गठन गरी तयारीलाई तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो।

बैठक सफल बनाउन डिष्ट्रिक्टका तीनवटै भौगोलिक क्षेत्रका लागि सम्पर्क अधिकारी पनि तोकिएको छ। बागमती क्षेत्रका लागि डिष्ट्रिक्ट चिफ एक्जिक्युटिभ डाइरेक्टर लायन राजु बाबु श्रेष्ठ, गण्डकी क्षेत्रका लागि लायन मदन केसी, धौलागिरि क्षेत्रको बागलुङका लागि लायन दुर्गा कुँवर तथा पर्वत जिल्लाका लागि रिजन चेयरपर्सन लायन थानेश्वर पौडेललाई समन्वयको जिम्मेवारी दिइएको डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी गणेश जिशीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिनिधिहरूको सहज सहभागिता सुनिश्चित गर्न सम्पूर्ण समन्वय कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।

बैठकमा डिष्ट्रिक्टले चालु लायन वर्ष प्रारम्भ भएयता सञ्चालन गरेका सेवा गतिविधि, सदस्यता विस्तार अभियान, नयाँ क्लब गठन, नेतृत्व विकास, सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा वित्तीय प्रगतिबारे समीक्षा गरिनेछ। साथै आगामी त्रैमासिक कार्ययोजना, सेवा परियोजना, सदस्य अभिवृद्धि रणनीति र डिष्ट्रिक्टका प्राथमिक कार्यक्रमहरू अनुमोदन गरिने कार्यक्रम रहेको छ।

यस अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने क्लब, अध्यक्ष, सचिव, जोन चेयरपर्सन, रिजन चेयरपर्सन तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने लायन्स सदस्यहरूलाई सम्मान तथा अवार्ड प्रदान गर्ने तयारी पनि गरिएको आयोजकले जनाएको छ। सेवा, नेतृत्व, सदस्यता वृद्धि, समयमै प्रतिवेदन बुझाउने, नवीन कार्यक्रम सञ्चालन तथा सामाजिक प्रभावका आधारमा विभिन्न विधामा सम्मान गरिनेछ। क्याबिनेट बैठक मार्फत डिस्ट्रिक्टको डाइरेक्ट्री समेत प्रकाशन गरि वितरण गर्ने भव्य तयारीका साथ डिस्ट्रिक्टका पदाधिकारी सकृय भएर लागिपरेको एडिस्नल क्याबिनेट सेक्रेटरी मछिन्द्र आचार्यले बताए ।

लायन्सको विधानअनुसार प्रत्येक लायन वर्षमा तीन–तीन महिनाको अन्तरालमा चार वटा डिष्ट्रिक्ट क्याबिनेट बैठक आयोजना गरिन्छ। ती बैठकहरूले डिष्ट्रिक्टका नीति निर्माण, कार्यक्रम अनुमोदन, प्रगति समीक्षा तथा आगामी रणनीति तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्ने गर्छन्। काठमाडौंमा आयोजना हुन लागेको यो बैठक चालु लायन वर्षको पहिलो औपचारिक क्याबिनेट बैठक भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ।

डिष्ट्रिक्ट नेतृत्वले सम्पूर्ण क्लबहरूलाई समयमै प्रतिनिधि दर्ता गराई बैठकमा अनिवार्य सहभागिता जनाउन अनुरोध गर्दै, यस बैठकबाट डिष्ट्रिक्ट ३२५ के नेपालको सेवा अभियान, नेतृत्व विकास तथा संस्थागत सुदृढीकरणले थप गति लिने विश्वास व्यक्त गरेको छ। स्मरण रहोस् लायन्स अन्तराष्ट्रियको हङकङ सम्मेलनमा गर्भनर रमेश अधिकारीले ३१ वटा नयाँ क्लब चार्टर गरेर विश्वभरका लायन्स डिष्ट्रिक्टमध्ये सबैभन्दा धेरै नयाँ क्लब विस्तार गर्ने डिष्ट्रिक्टका रूपमा स्थापित  पूर्वअन्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको होम डिस्ट्रिक्टको पहिलो क्याबिनेट बैठकलाइ निकै चासोका साथ हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
२०८३ श्रावण १०, आइतबार
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार
प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
२०८३ श्रावण १०, आइतबार
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
२०८३ श्रावण १०, आइतबार