इटहरी, १२ साउन । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जको घटनापछि सुरु भएको प्रदर्शनको त्रास अझै कायमै रहेको छ ।
कप्तानगञ्ज घटनाको विरोधमा सुनसरीका दक्षिणी क्षेत्रहरूमा पनि त्रास कायमै रहदाँ देवानगन्ज र हरिनगर गाउँपालिकाले भने स्थिति साम्य नभएसम्मका लागि सार्वजनिक बिदा दिएका छन् ।
गत आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदाय बिच अचानक भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भए पछि सुनसरीको दक्षिण भाग तनाबग्रस्त बनेको थियो । नेपाल प्रहरी र सशष्त्र प्रहरीले पनि स्थिति नियन्त्रणमा लिन नसके पछि नेपाली सेनालाई मैदानमा उतार्नु परेको थियो ।
जसका कारण हिजो देखी दक्षिण भागका शैक्षिक संघ संस्था पनि बन्द गरिएका थिए । तनाबग्रस्त स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयले स्थिति पुनः नभडकियोस भनेर सतर्कता अपनाइरहेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया