श्रावण १६, २०८३ शनिबार August 1, 2026

झापामा ३७८ जनाले पाए आमाको नामबाट नागरिकता

सर्वसाधारणका गुनासो तथा मिटरब्याजसम्बन्धी समस्या समाधानमा पनि प्रशासनिक सक्रियता बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), १४ साउनः झापाका प्रशासनिक निकायहरूबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ हजारभन्दा बढी नागरिकता र सोही हाराहारीमा राहदानी वितरण गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जबाट गरी कुल २४ हजार आठ सय ५१ जनाले नागरिकता र २४ हजार चार सय ६६ जनाले राहदानी प्राप्त गरेका हुन् । नागरिकता लिने र राहदानी बनाउनेको सङ्ख्या लगभग बराबरी हुनुले जिल्लामा युवा वर्गको वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेशिने आकर्षण कायमै रहेको देखाउँछ ।

गत आवमा जिल्ला प्रशासनबाट ३७८ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन् । बाबुको पहिचान हुन नसकेका उनीहरूलाई कानुनी प्रावधानअनुसार आमाको नामबाट नागरिकता प्रदान गरिएको हो ।

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र सङ्कलन तथा कार्ड वितरणलाई अभियानका रूपमा अघि बढाइरहेका बेला जिल्लामा एक वर्षका अवधिमा ९७ हजार चार सय ७७ जनाको विवरण सङ्कलन गरिएको छ । सोही अवधिमा ९८ हजार छ सय ८९ थान राष्ट्रिय परिचयपत्र कार्ड सर्वसाधारणलाई वितरण गरिएको छ ।

सेवा प्रवाहसँगै जिल्ला प्रशासन कार्यालयले राजस्व सङ्कलनमा पनि उल्लेख्य योगदान पु¥याएको छ । आव २०८२÷८३ मा राहदानी शुल्कतर्फ रु १४ करोड ७० लाख ७९ हजार चार सय ५१ र अन्य प्रशासनिक शुल्कतर्फ रु ६० लाख ४४ हजार ६० गरी कूल रु १५ करोड ३१ लाख २३ हजार पाँच सय ११ राजस्व सङ्कलन भएको छ ।

सर्वसाधारणका गुनासो तथा मिटरब्याजसम्बन्धी समस्या समाधानमा पनि प्रशासनिक सक्रियता देखिएको छ । समीक्षा अवधिमा मिटरब्याज, नियामक निकाय र ठाडो उजुरी गरी चार सय ७९ वटा निवेदन फछ्र्योट गरिएका छन् भने नौ सय २९ जनालाई नाबालक परिचयपत्र उपलब्ध गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउँदै लगिएको बताउनुभयो । सेवाग्राहीको प्रतिक्रिया लिन ‘सेवा सन्तुष्टि क्युआर’ सञ्चालनमा ल्याइएको र सार्वजनिक सुनुवाइलाई निरन्तरता दिइएकाले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण थप प्रभावकारी बनेको उहाँले जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार