श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालको आह्वान

सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकताका लागि सबै नेपालीलाई राजन लम्सालको अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन १५ । लायन्स क्लब्स इन्टरनेसनलका अन्तराष्ट्रिय निर्देशक लायन राजन लम्सालले नेपालमा सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता सुदृढ बनाउन सबै नेपालीलाई साझा प्रयास गर्न आग्रह गरेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गरी उनले नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै विविधताबीचको एकता नै नेपालीको पहिचान र शक्ति भएको बताएका छन्। समाजमा बढ्दो विभाजन र असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै उनले प्रेम, सम्मान र आपसी विश्वासका आधारमा सामाजिक सद्भाव कायम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

निर्देशक लम्सालले सामाजिक सद्भाव कायम रहेमा शान्ति स्वतः स्थापित हुने र शान्तिले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गरेका छन्। उनले सामाजिक सद्भाव, शान्ति र एकता एकअर्काका परिपूरक भएको पनि बताएका छन्।

विज्ञप्तिमार्फत उनले जात, धर्म, लिङ्ग वा वर्णका आधारमा कुनै पनि प्रकारको भेदभाव नगर्न, फरक विचार र आस्थालाई सम्मान गर्दै संयमपूर्वक संवाद गर्न तथा समाजमा घृणा, हिंसा र विभाजन फैलाउने गतिविधिमा संलग्न नहुन सबैमा अपिल गरेका छन्।

त्यसैगरी, राष्ट्रिय एकता, सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षणमा सबै नागरिकले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्। नेपाललाई शान्त, समृद्ध र सुरक्षित बनाउन सामूहिक प्रयास अपरिहार्य रहेको उनको भनाइ छ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया