काठमाडौंः यस वर्ष विश्व अर्थतन्त्रमा गहिरो संकुचन आउने बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । कोषका अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ऋणात्मक ४ दशमलव ४ प्रतिशत रहनेछ ।
कोषले कोरोना भाइरसको महमाकारीबाट चीनको अर्थतन्त्रमा अचम्म लाग्ने गरि छिट्टै पुनर्बहाली आएको भएपनि विश्व अर्थतन्त्र सामु भने अवरोधहरु बाँकी नै रहेको हालै सार्वजनिक भएको ‘वल्र्ड इकोनोमिक आउटलुक’ शीर्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो प्रतिवेदन यस अघि गरिएको प्रक्षेपणको तुलनामा शून्य दशमलव ८ प्रतिशत उच्च हो । संकट पार हुने अवस्थाभन्दा निकै पर रहेको कोषकी प्रमुख अर्थशास्त्री गिता गोपिनाथले बताए ।
प्रतिवेदनअनुसार सन् २०२१ मा भने विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढ्नेछ । यो जुनमा गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव २ प्रतिशत कम हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया