श्रावण २३, २०८३ शनिबार August 8, 2026

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’ – नेता निधी

पार्टीभित्रको एकता, सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम, २३ साउनः नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

कांग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा उहाँले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीका नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताउनुभयो ।

पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै नेता निधिले पार्टीका नेता कार्यकर्ताबीचको एकता र सङ्गठनको सक्रियतामा निर्भर रहने भएकाले सबै मिलेर सङ्गठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

पार्टीभित्रको एकता, सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने बताउँदै उहाँले जनताको समस्या र अपेक्षालाई नजिकबाट बुझेर त्यसअनुरूप राजनीतिक गतिविधि अघि बढाउनुपर्ने सुझाब दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको किचलो चाँडो समाधान गरेर एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । ।ािि

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार