काठमाडौं । प्रधानमन्त्री बालेन शाह र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भइरहेको छ। केही बेरअघिदेखि जारी भेटमा समसामयिक राजनीतिक विषय तथा संघीय संसद्को कामकारबाहीबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भेटमा विपक्षी दलहरूले संसद्मा उठाइरहेका विषय, चालू बर्खे अधिवेशनको सञ्चालन तथा संसद्मा सरकारका तर्फबाट प्रस्तुत हुने विषयहरूबारे छलफल भएको छ। पछिल्लो राजनीतिक परिस्थिति, संसद्मा देखिएका चुनौती तथा सरकार र संसद्बीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ।
प्रधानमन्त्री र सभामुखबीचको भेटलाई सरकार र संसद्बीच आवश्यक समन्वय कायम गर्ने तथा बर्खे अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने सन्दर्भमा महत्वपूर्ण मानिएको छ। संसद्मा विभिन्न विषयमा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका बेला भएको भेटमा ती विषयलाई कसरी सम्बोधन गर्ने भन्नेतर्फ पनि छलफल भएको जनाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया