काठमाडौं । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभएको छ। शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुभएको हो।
प्रतिवेदनमा आर्थिक वर्ष २०८२/०८३ मा आयोगले सम्पादन गरेका विभिन्न काम, गतिविधि तथा उपलब्धिहरू समेटिएको छ। मुस्लिम समुदायको हक, अधिकार, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक अवस्थासँग सम्बन्धित विषयमा आयोगले गरेका अध्ययन, अनुगमन तथा सरकारलाई दिएका सुझाव र सिफारिससमेत प्रतिवेदनमा समेटिएको जनाइएको छ।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने प्रावधान छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया