मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेकपा कर्णालीमा देखिएको विवादबारे शिर्ष तहमा छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेशमा देखिएको विवाद समाधानको पहलस्वरुप नेकपा शिर्ष नेतृत्व तहमा बिहीबार पनि छलफल हुदैछ । छलफलका लागि आज प्रदेश प्रदाधिकारीलाई पनि बोलाइएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हुने छलफलमा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सह इन्चार्ज यामलाल कँडेल, कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा, निलम्बित प्रमुख सचेतक गुलाबजंग शाह लगायत सहभागी हुने जनाएको छ । बैठक मार्फत शिर्ष नेतृत्वको समन्वयमा प्रदेशमा देखिएको विवाद समाधानको पहल हुने बताइएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि नेकपाको विवाद चुलिएको छ । यद्यपि, केन्द्रको हस्तक्षेपछि अहिले विवाद केही साम्य भएको छ ।

अविश्वासको प्रस्तावबाट वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरू पछि हटेका छन् । यसअघि बुधबार दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेशमा देखिएको विवादबारे छलफल भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार