काठमाडौंः नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भवन सितल निवासमा बिहान ११ बजे एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
नवनियुक्त मन्त्रीहरुले आजै पदभार ग्रहण गर्नेछन् । मन्त्रीमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्रीमण्डल विस्तार र हेरफेर गरेका हुन् । जसमा तीन मन्त्रालयमा नयाँ अनुहार थपिएका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ ।
नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ भने उपप्रधानमन्त्री इश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको जिम्मेवारी दिइएको छ । यस्तै सन्चार तथा सुचना प्रविधि मन्त्रालयको जिम्मेवारी यसअघिका महिला तथा बालबालिका मन्त्रालय सम्हाल्नु भएका पार्वत गुरुङलाई दिइएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ भने सहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ नियुक्त भएका छन् । यद्यपी मन्त्रीपरिषद् हेरफेरमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल लगाउयतका केही नेताहरुले भने आपीत्त जनाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया