भाद्र ३, २०८३ बुधबार August 19, 2026

बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह

लोकतन्त्र र जनजीविकाका सवालमा कुनै पनि प्रकारको प्रश्न खडा हुन नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ भदौः नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले लोकतन्त्र र जनजीविकाका सवालमा कुनै पनि प्रकारको प्रश्न खडा हुन नहुने बताउनुभयो ।

भूराजनीतिक चलखेलले नेपाललको राष्ट्रियता र राज्यका अङ्गहरूमा खतरा पैदा गर्ने जनाउँदै सरकारले त्यस्ता खतराहरूबाट मुलुकलाई बचाउनुपर्नेमा नेता थापाको जोड थियो ।

सरकारले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज गरेर लोकतान्त्रिक अधिकारलाई कटौती गरेको टिप्पणी गर्दै उहाँले समाजमा महँगी, चोरी डकैती र अराजकता भइरहेको तथा सुकुमवासीको व्यवस्थापन भने हुन नसकेकामा आलोचना गर्नुभयो ।

नेता थापाले सरकार संसदप्रति जवाफदेही नभए वा सत्ता पक्ष–प्रतिपक्षबीच सार्थक संवाद हुन नसके पुनः आन्दोलन हुन सक्नेतर्फ सचेत गराउनुभयो । उहाँको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
२०८३ भाद्र ३, बुधबार
मन्त्रिपरिषद् बैठकबाट ११ वटा प्रमुख निर्णय सार्वजनिक (सूचीसहित)
२०८३ भाद्र ३, बुधबार