भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेले बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने गरी बैठक बोलाएका छन् ।

पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार, बैठकका कार्यसूचीमा पार्टी दस्तावेज, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण, सांगठनिक व्यवस्थापन तथा मनोनयन, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयन रहेका छन् ।

यसैगरी, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, योजना, कार्यक्रम तथा अभियान सम्बन्धी रहेको छ ।

यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम र पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया