असार २४, २०८२ मंगलबार July 8, 2025

न्युजिल्यान्डको आम निर्वाचनमा अर्डेनको पार्टी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः न्युजिल्यान्डको आम निर्वाचनमा प्रधानमन्त्री जासिन्डा अर्डेनको सेन्ट्रल लेफ्ट लेबर पार्टी विजयी भएको छ । विपक्षी पार्टीकी नेतृ जुडिथ कोलिन्सले झन्डै एक चौथाई मत गणना हुन बाँकी रहेकै अवस्थामा शनिबार पराजय स्वीकार्दै उनलाई बधाइ दिएकी छिन् ।

अहिलेसम्म लेबर पार्टीले ४९ प्रतिशत मत ल्याएको छ भने निकटतम प्रतिस्पर्धी कोलिन्सको नेशनल पार्टीले २७ प्रतिशत मतमात्रै बटुलेको छ ।

त्यसैगरी वर्तमान सरकारमा अर्डेनसँगै गठबन्धन गरिरहेको नेशनलस्ट न्युजिल्यान्ड फस्र्ट पार्टीले २ दशमलव ६ र ग्रिन पार्टीले ७ दशमलव ६ प्रतिशत मत ल्याएको छ । अहिलेसम्मको आँकलनअनुसार मतगणना समाप्त हुँदासम्म कुल १ सय २० सिटमध्ये अर्डेनको पार्टीले झन्डै ६४ सिट जित्ने आँकलन गरिएको छ ।

यस्तो भएमा जासिन्डाले वर्तमान प्रणालीअन्तर्गत नै आफ्नो पार्टीको एकल सरकार बनाउन गर्न सक्नेछिन् । बहुमत नआएको अवस्थामा उनले गठबन्धन सरकारलाई नै निरन्तरता दिनसक्नेछिन् ।

विपक्षी नेशनल पार्टीकी नेतृ कोलिन्सले हार स्विकारेपछि आफ्नो अकल्यान्डस्थित घरबाट हात हल्लाउँदै अर्डेन निस्किएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार