भाद्र ८, २०८३ सोमबार August 24, 2026

सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग

दीर्घकालीन रुपमा यस्ता घटना दोहोरिन नदिन अध्ययन र अनुसन्धानमा आधारित कार्ययोजना बनाइनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्माकुमारी अर्यालले बारामा बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको घटनाका दोषीलाई शीघ्र पहिचान गरी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले त्यस घटनाको अनुसन्धानमा रहेको सुरक्षा निकायले शीघ्र अनुसन्धान पूरा गरी दोषीको पहिचान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद अर्यालले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना दोहोरिन नदिन गम्भीर अध्ययन र अनुसन्धान गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“यस्ता खालका घटनामा ठीक ढङ्गले कारबाही गरिएन भने यो प्रवृत्ति मौलाएर जान्छ,” सांसद अर्यालले भन्नुभयो । पछिल्ला दिनमा नाबालिकामाथि हुने हिंसाका घटना बढिरहेकोप्रति चिन्ता गर्दै उहाँले घटनापछि अनुसन्धान होइन, दीर्घकालीन रुपमा यस्ता घटना दोहोरिन नदिन अध्ययन र अनुसन्धानमा आधारित कार्ययोजना बनाइनुपर्नेमा जोड दिनुभयो ।

जनताका दैनिक समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै सांसद अर्यालले ग्यास, रासायनिक मल र राहदानीका लागि नागरिकले लामो समय लाइन बस्नुपर्ने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ग्यास नपाएर उपभोक्ता लामो समय लाइनमा बस्नु परेको तथा किसानले मलका लागि भौतारिन परेको बताउँदै उहाँले जनताका आधारभूत समस्या समाधानमा सरकारको प्रभावकारिता देखिनुपर्नेमा जोड दिनुभयो ।

सांसद अर्यालले प्रविधिको प्रयोगलाई विकृत रूपमा गरिँदा समाजमा पारिवारिक तथा सामाजिक समस्या बढिरहेको बताउनुभयो । सामाजिक सञ्जालका कारण बालबालिकाको सिर्जनशीलता, मौलिकता र सामाजिक व्यवहारमा नकारात्मक असर परेको उहाँको भनाइ थियो ।

सांसद अर्यालले सामाजिक सञ्जालमा सार्वजनिक हुने पारिवारिक विवाद, आपत्तिजनक सामग्री तथा बालबालिकालाई लक्षित सामग्रीका कारण कतिपय परिवारमा तनाब र विघटनको अवस्था सिर्जना भएका उल्लेख गर्नुभयो ।

सांसद अर्यालले विकसित मुलुकले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेरसम्बन्धी सीमा तथा विभिन्न मापदण्ड लागू गरिरहेको उल्लेख गर्दै नेपालमा यस विषयमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

सांसद अर्यालले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्नु सकारात्मक भएको बताउँदै यसको विस्तारका लागि सरकारले सहुलियतका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । विद्युतीय सवारीको प्रयोगले पेट्रोलियम पदार्थमा हुने खर्च घटाउने, वातावरणीय प्रदूषण नियन्त्रण गर्ने र विदेश जाने पुँजी स्वदेशमै राख्न सहयोग पुग्ने बताउँदै उहाँले सहरमा मात्र नभई ठूला यात्रुवाहक बसमा समेत विद्युतीय सवारी सञ्चालनलाई प्राथमिकता दिनु सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
गृहिणीदेखि उद्यमीसम्म : मधेसमा बढ्दै महिला सहभागिता
२०८३ भाद्र ८, सोमबार
अमेरिकन प्रतिनिधिसँग प्रधानमन्त्रीले भेटे नभेटको बारेमा संसदमा प्रश्न
२०८३ भाद्र ८, सोमबार