भाद्र ९, २०८३ मंगलबार August 25, 2026

दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)

सानु सुर्खालीको ‘यो साल माइती आइन’ तीज गीत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं बेथेलकी संस्थापक अध्यक्ष तथा गायिका सानु सुर्खाली श्रेष्ठको नयाँ तीज गीत ‘यो साल माइती आइन’ सार्वजनिक भएको छ। दुई दशकभन्दा लामो समयदेखि लोकसंगीतमा सक्रिय सुर्खालीको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।

तीजको सांस्कृतिक भावनासँगै महिलाले भोग्नुपरेका पारिवारिक तथा सामाजिक अवस्थालाई विषय बनाइएको गीतमा घरायसी समस्याका कारण माइती जान नपाएकी चेलीको पीडा र माइतीप्रतिको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

गीतमा चर्चित सर्जक शिव हमालको शब्द तथा जय देवकोटाको संगीत र एरेन्ज रहेको छ। सुर्खालीले आफ्नै स्वरमा प्रस्तुत गरेको गीतले तीजको उत्सवसँगै चेली–माइतीबीचको भावनात्मक सम्बन्धलाई समेत उजागर गरेको छ।

गीतको भिडियो मदन खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियोमा तारा केसी, सानु सुर्खाली, लक्ष्मण चौलागाईं, रती खत्री, अन्जान श्रेष्ठ, उज्ज्वल थापा र निरुता बयलकोटीले अभिनय गरेका छन्।

लोकसंगीतमा लामो समयदेखि सक्रिय सुर्खालीका यसअघि ‘सेल्फी हान्दै’, ‘बटौली’ र ‘हुइकाउँदै गाडी’ लगायतका गीत चर्चामा आएका छन्। नयाँ गीतमार्फत उनले तीजको मौलिक संस्कृति र चेलीहरूको भावनालाई संगीतसँग जोड्ने प्रयास गरेकी छन्।

‘यो साल माइती आइन’ले मनोरञ्जनसँगै माइती जान नपाएका चेलीहरूको मनोभाव र पीडालाई समेत आवाज दिने भएकाले यस वर्षको तीजमा श्रोतामाझ फरक भाव बोकेको गीतका रूपमा प्रस्तुत भएको छ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार