भाद्र १०, २०८३ बुधबार August 26, 2026

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमालेको निर्देशन

आफ्ना नेता–कार्यकर्ता, जनसङ्गठन तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतमा सक्रिय रूपमा खटिन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (एमाले)ले बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको बताउँदै तत्काल उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाको काम अघि बढाउन सरकारसँग माग गरेको छ।

बुधबार बसेको एमाले सचिवालय बैठकले बेपत्ता व्यक्तिको खोजी, जोखिममा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको तत्काल उपचार गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

बैठकले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल र दीर्घकालीन राहत प्याकेज घोषणा गर्न माग गरेको छ।

भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्र अझै जोखिममा रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र जोखिमपूर्ण यात्रा नगर्न एमालेले आग्रह गरेको छ।

साथै एमालेले आफ्ना नेता–कार्यकर्ता, जनसङ्गठन तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतमा सक्रिय रूपमा खटिन निर्देशन दिएको छ।

1

2

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द
२०८३ भाद्र १०, बुधबार
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमालेको निर्देशन
२०८३ भाद्र १०, बुधबार
सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छ : राष्ट्रपति
२०८३ भाद्र १०, बुधबार
रुसी विमान दक्षिण कोरियाली हवाई रक्षा क्षेत्रमा
२०८३ भाद्र १०, बुधबार