भाद्र १३, २०८३ शनिबार August 29, 2026

नेकपा संयोजक प्रचण्ड र वरिष्ठ नेता झलनाथबीच डेढ घण्टा वान टु वान

वामपन्थी एकता तथा कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै अघि बढाउने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । शनिबार (भदौ १३) डल्लुस्थित खनालको निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।

त्यसक्रममा देशको समसामयिक राजनीतिक अवस्था, वामपन्थी एकता तथा कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै अघि बढाउने विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनका पछिल्ला अवस्था, पार्टीको संगठनात्मक तथा राजनीतिक अग्रगति, वामपन्थी शक्तिबीचको सहकार्य र एकतालाई थप मजबुत बनाउने विषयमा समेत भेटमा विचारविमर्श भएको थियो ।

मुलुकमा देखिएको पछिल्लो राजनीतिक परिस्थिति र प्राकृतिक विपद्‌बाट उत्पन्न समस्याका साथै विपद्को समयमा राज्य तथा पार्टीले खेल्नुपर्ने भूमिकाबारे पनि दुई नेताबीच छलफल भएको सचिवालयले जनाएको छ ।

उनीहरूबीच करिब एक घण्टा ३० मिनेट भेटवार्ता भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार
‘विपद्को समयमा सहकार्य र समन्वयबाट सरकारलाई सबैले साथ दिनुपर्छ’ : अध्यक्ष साम्पाङ
२०८३ भाद्र १३, शनिबार
बाढीपीडितको उद्धार र राहतमा तीव्रता दिन पूर्वप्रधानमन्त्री नेपालको आग्रह
२०८३ भाद्र १३, शनिबार
शिक्षक हत्या गरेको आरोपमा ११ जना प्रहरी नियन्त्रणमा
२०८३ भाद्र १३, शनिबार
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदीको निगरानी तीव्र
२०८३ भाद्र १३, शनिबार
पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीको शोकबीच सांस्कृतिक रूपमा मनाइयो गाईजात्रा
२०८३ भाद्र १३, शनिबार