काठमाण्डाैंः इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।
कोलकाताले हैदराबादलाई सुपर ओभरमा हराएको हो । सुपर ओभरमा हैदराबादले दिएको तीन रनको लक्ष्य कोलकाताले चौथो बलमा पूरा गर्यो । सुपर ओभरमा पहिले ब्याटिङका लागि डेभिड वार्नर र र जोनी बेयर्स्ट्रो क्रिजमा आएका थिए ।
कोलकाताका लागि लकी फर्गुसनले पहिलो बलमा नै वार्नरलाई बोल्ड आउट गरे । त्यसपछि क्रिजमा आएका अब्दुल समादले दोस्रो बलमा दुई रन जोडे । तेस्रो बलमा फर्गुसनले समादलाई पनि बोल्ड आउट गरेपछि कोलकाताले तीन रनको लक्ष्य पाएको हो ।
तीन रनको लक्ष्य पाएको कोलकाताका लागि क्रिजमा इयन मर्गन र दिनेश कार्तिक आएका थिए । हैदराबादका लागि राशिद खानले पहिलो बल मर्गनलाई डट राखे । दोस्रो बलमा मर्गनले एक रन लिएका थिए ।
क्रिजमा रहेका कार्तिकले तेस्रो बल डट खेले, चौथो बलमा कोलकाताले दुई रन लेग बाइबाट पाएसँगै हैदराबाद सुपर ओभरमा पराजित भएको हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनाएको थियो ।
यो जितसँगै १० अङ्कका साथ कोलकाता तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हैदराबाद ६ अङ्कसहित पाँचौँ स्थानमा छ ।- एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया