काठमाडौँ, भदौ १४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आइतबार राति कोशी प्रदेशको पहाडी र तराई तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सोमबार देशभर साधारणतया बादल लाग्नेछ भने देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना छ । सो दिन देशको पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मङ्गलबार पनि देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म्को वर्षा, हिमपातको सम्भावना छ । देशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया