भाद्र १६, २०८३ मंगलबार September 1, 2026

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।

​भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाका विषयमा छलफल भएको थियो।

​प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँकेका ८ वटै पालिकामा एचपीभी खोप अभियान, ६ हजार किशोरी लक्षित
२०८३ भाद्र १६, मंगलबार
प्राडा. तारा दत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त
२०८३ भाद्र १६, मंगलबार
अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू
२०८३ भाद्र १६, मंगलबार
गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !
२०८३ भाद्र १६, मंगलबार
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
२०८३ भाद्र १६, मंगलबार
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
२०८३ भाद्र १६, मंगलबार
नुवाकोटको बेत्रावती बजारको एकै घरभित्र २४ शव फेला
२०८३ भाद्र १६, मंगलबार