काठमाडौँ, ४ भदौः राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भिरोनिका लरेन्जोले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल–युरोपेली सङ्घ बीचको सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले राजदूत लरेन्जोलाई आफ्नो कार्यकाल सफलतापूर्व सम्पन्न गर्नुभएकामा बधाई ज्ञापन गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया