काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । सभापति लामिछानेले सोमबार अपराह्न राष्ट्रपति कार्यालय शितलनिवास पुगेर भेटवार्ता गरेका हुन् ।
रास्वपाका प्रवक्ता जगदिश खरेलका अनुसार, भोटमा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे राष्ट्रपतिलाइ ब्रिफिङ गरेका छन् ।
राष्ट्रपतिसँगको भेटअघि सभापति लामिछानेले प्रधानमन्त्री वालेन शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए । त्यसपछि सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेर जानकारी गराएका हुन् ।
राष्ट्रका समस्यादेखि भइरहेको सबै विषय राष्ट्र प्रमुखलाई सरकार प्रमुखले जानकारी दिने अभ्यास भए पनि प्रधानमन्त्रीमा वालेन्द्र शाह आएपछि उनले सामाजिक सद्भावमा प्रश्न उठेका समयमा एकपटक मात्र राष्ट्रपति पौडेललाई भेटेर ब्रिफिङ गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया