भाद्र १६, २०८३ मंगलबार September 1, 2026

नुवाकोटको बेत्रावती बजारको एकै घरभित्र २४ शव फेला

बाढीपछि नदी किनार तथा प्रभावित क्षेत्रमा शव फेला पर्ने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एक घरभित्रबाट २४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार सोमबार उक्त घरभित्रबाट २४ वटा शव फेला परेको हो। घटनास्थलमा खोजी कार्य अझै जारी रहेकाले थप शव फेला पर्न सक्ने प्रहरीले जनाएको छ।

उक्त घर कसको हो र एकै स्थानमा ठूलो सङ्ख्यामा शव कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा उक्त भवन होटल वा गेस्ट हाउसजस्तो देखिए पनि यसको यकिन विवरण आउन बाँकी रहेको बताइएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि नदी किनार तथा प्रभावित क्षेत्रमा शव फेला पर्ने क्रम जारी छ।

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यमा परिचालन भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया