भाद्र १७, २०८३ बुधबार September 2, 2026

विपद् प्रभावितका लागि सभामुख अर्यालको एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सभामुख अर्यालको एक महिनाको पारिश्रमिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

सभामुख अर्यालले एक महिनाको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख स्वकीय सचिव मुना कुवरले जानकारी दिएकी हुन् ।

त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउनु सबैको साझा दायित्व भएकाले सम्माननीय सभामुख अर्यालले आफ्नो पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको कुँवरले पठाएको प्रेस नोटमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया