भाद्र १६, २०८३ मंगलबार September 1, 2026

बाढी प्रभावितको उद्धारमा सबै स्रोत–साधन परिचालन गर्न सरकारलाई अध्यक्ष दाहालको आग्रह

राहत वितरण पारदर्शी र आवश्यकतामा आधारित बनाउन अध्यक्ष दाहालको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै पक्षलाई एकताबद्ध गराई जनताको जीउज्यानको सुरक्षाका लागि ठोस योजनाका साथ अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै उनले भोटेकोसी बाढीका घाइतेहरूको छिटो निःशुल्क उपचार गर्न, सम्पर्कविहीनहरूको खोजी एवम् उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्‍न आग्रह गरे ।

उपलब्ध सम्पूर्ण स्रोत, साधन, प्रविधि तथा जनशक्तिको अधिकतम परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

नदी तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रमा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्वास्थ्य सेवा तथा अत्यावश्यक वस्तुको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा दाहलले जोड दिए ।

राहत वितरणका क्रममा देखिएका समस्या तथा जनगुनासोलाई तत्काल सम्बोधन गर्नसमेत ध्यानाकर्षण गराए ।

“राहत सामग्रीको संकलन, भण्डारण, ढुवानी र वितरणलाई पारदर्शी, व्यवस्थित तथा आवश्यकतामा आधारित रही वास्तविक प्रभावित नागरिकसम्म समयमै राहत पुग्ने सुनिश्चितता गर्न आवश्यक छ,” उनले भने ।

विपद्‌मा ज्यान गुमाएका व्यक्तिहरूको शवको सम्मानजनक, सुरक्षित तथा वैज्ञानिक व्यवस्थापन गर्न र पहिचान हुन नसकेका शवको पहिचानका लागि आवश्यक वैज्ञानिक विधि तथा प्रविधिको प्रयोग गर्न आग्रह गरे । विपद् नेपालका लागि मात्र नभई मानवीय संवेदनाको विश्‍वकै साझा विषय समेत बनेको उल्लेख गरे ।

यसै सन्दर्भमा, केही दिनअघि कम्बोडियाको फ्नोम पेनमा सम्पन्न दोस्रो अन्तर–व्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालमा आएको यस विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष गम्भीरताका साथ उठाएको जानकारी दिए ।

“जलवायु परिवर्तनमा न्यून भूमिका रहेका नेपालजस्ता राष्ट्रहरू अरूको कारणले सिर्जित संकटबाट बढी पीडित भइरहेको विषय उठाउँदै यस्ता पीडित राष्ट्रका लागि विशेष अन्तर्राष्ट्रिय कोषको व्यवस्था गर्न विश्वका संसद तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै सहयोगका लागि हात बढाउन समेत अपिल गरेको थिएँ,” उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज
२०८३ भाद्र १६, मंगलबार
बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा
२०८३ भाद्र १६, मंगलबार
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित
२०८३ भाद्र १६, मंगलबार
सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति
२०८३ भाद्र १६, मंगलबार
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १६, मंगलबार
विपद् प्रभावितका लागि सभामुख अर्यालको एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा
२०८३ भाद्र १६, मंगलबार
त्रिविसहित ६ वटै विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
२०८३ भाद्र १६, मंगलबार