काठमाण्डाैंः यूएइमा जारी १३ औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे दाेस्राे खेलमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । आइतबार राति युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपरओभरमा पराजित गर्दै पञ्जावले तेस्रो जित निकालेको हो ।
मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले २ विकेटको क्षतिमा ५ रन जोडेपछि जवाफी ब्याटिङ गरेको मुम्बईले पनि १ विकेटको क्षतिमा ५ रन बनाएपछि खेल फेरि पनि बराबरीमा सकिएको थियो ।
दोस्रो खेल पनि बराबरी भएपछि फेरी सुपर ओभरको खेल भएको थियो । जसमा मुम्बईले १ विकेटको क्षतिमा ११ रन बनायो । १२ रनको लक्ष्य पछ्याएको पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित हात पारेको हो ।
खेल सुपर ओभरमा जानु अघि पन्जाबका केएल राहुलले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ७ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिएका थिए । यस्तै, निकोलस पुरण र क्रिस गेलले समान २४–२४, दिपक होडा २३, क्रिस जोर्डन १३, तथा मायांक अग्रवालले ११ रन जोडे । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । यस्तै राहुलले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । मुम्बईका क्विन्टन डी ककले ५३ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ३ चौका र ३ छक्काको मद्दतमा ५३ रन जोडेका थिए । यस्तै हार्दिक पाण्डेय र केइरन पोलार्डले समान ३४–३४, नाथन कल्टरले २४ रन जोड्दा अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
पञ्जाबका मोहमद शामी र अश्रदिप सिंहले समान दुई–दुई विकेट लिए । क्रिस जोर्डन र रबि बोस्नोईले एक–एक विकेट लिए । मुम्बई ९ खेलबाट १२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । पन्जाब भने ९ खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।
यसअघि आइतबार नै भएको अर्को खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको थियो । जितपछि कोलकाताले नौ खेलमा १० अंक बनाएको छ भने हैदरावादको ६ अंक छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया