भाद्र २७, २०८३ शनिबार September 12, 2026

दिक्तेल बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

स्थानीयले भेटेको विस्फोटक पदार्थलाई सोमबार बिहान मात्र निस्क्रिय पार्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, भदौ २१ गते । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ। बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्नेक्रममा आज साँझ विस्फोटक पदार्थ फेला पारेका हुन्।

स्थानीयले भेटेको विस्फोटक पदार्थलाई सोमबार बिहान मात्र निस्क्रिय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीले जानकारी दिनुभयो । द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभयो ।

बेवारिसे अवस्थामा भेटिएको विस्फोटक पदार्थ निस्क्रिय पार्ने समय नभएपछि आसपासका क्षेत्रमा नजान र सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ । बेसक्याम्प आसपासमा यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ फेला पर्ने गरेको थियो । सशस्त्र द्वन्द्वको समयमा सो बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज राखिएको थियो । व्यक्तिको जग्गामा राखिएको बेसक्याम्प अन्यत्र सारेपछि स्थानीयले खेतीपातीको काम गर्दा विस्फोटक पदार्थ फेला पार्ने गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्यमा जोड
२०८३ भाद्र २७, शनिबार
साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
२०८३ भाद्र २७, शनिबार
नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
२०८३ भाद्र २७, शनिबार
ठगी जाहेरीपछि पक्राउ परेका कांग्रेस नेता गुरुङ ९ दिनपछि छुटे
२०८३ भाद्र २७, शनिबार
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण – परराष्ट्मन्त्री
२०८३ भाद्र २७, शनिबार
पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
२०८३ भाद्र २७, शनिबार
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
२०८३ भाद्र २७, शनिबार