श्रावण २८, २०८३ बिहिबार August 13, 2026

डा. युवराज खतिवडा र लोकदर्शन रेग्मी विरुद्ध संसदीय सुनुवाइ समितिमा चारवटा उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत विरुद्ध संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेको छ ।

समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति कर्णले गम्भीर प्रकृतिका चार वटा उजुरी परेको बताए ।

समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो । सभापति कर्णले प्रस्तावित राजदूतहरुविरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताए ।

उजुरी परेकामध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाविरुद्ध तीन वटा र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध एक वटा रहेको सभापति कर्णले बताए।

सरकारले डा. युवराज खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पनामा, कोस्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालाका लागि गैरआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।

त्यस्तै डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कङ्गो‍, तान्जानिया, जाम्भिया, जिम्बाब्वे, ज्ञावेनलगायतका देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान
२०८३ श्रावण २८, बिहिबार
एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन
२०८३ श्रावण २८, बिहिबार
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
२०८३ श्रावण २८, बिहिबार
राष्ट्रिय सभा बैठक : ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारसँग सांसदको माग
२०८३ श्रावण २८, बिहिबार
पोखरालाई पर्यटनसँगै ‘आइटी हब’ बनाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
२०८३ श्रावण २८, बिहिबार
सरकारी पूजा सामग्रीसहित डोटीबाट बडीमालिकातर्फ निस्कियो ‘पेटारो’
२०८३ श्रावण २८, बिहिबार
पश्चिमी देशमाथि आक्रमण गर्ने पुटिनको चेतावनी
२०८३ श्रावण २८, बिहिबार