भाद्र २४, २०८३ बुधबार September 9, 2026

‘मिर्जापुर: द मुभी’ का निर्मातामाथि गीत चोरीको आरोप

 क्रेडिट बिना नै आफ्नो गीत ‘शूरवीर’ प्रयोग गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, २४ भदौ । ‘मिर्जापुर: द मुभी’ रिलिज हुनासाथ विवादमा तानिएको छ।

राजस्थानी कलाकार रापरिया बालमले चलचित्रका निर्माताहरूले अनुमति वा श्रेय अर्थात क्रेडिट बिना नै आफ्नो गीत ‘शूरवीर’ प्रयोग गरेको आरोप लगाएका छन्।

उनले बताएअनुसार उक्त गीत महाराणा प्रतापप्रति सम्मान स्वरूप तयार पारिएको थियो तर चलचित्रमा भने यसलाई ग्याङस्टरहरू अर्थात अपराधी समूह देखाइएको दृश्यमा प्रयोग गरियो। आफ्नो असन्तुष्टि व्यक्त गर्दै रापरिया बालमले गीतको लाइसेन्सिङ अर्थात अनुमति पत्रका सम्बन्धमा प्रश्न उठाएका छन्।

‘मिर्जापुर: द मुभी’ का निर्माताहरूले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि, जुन ‘ट्रुपर रेकर्ड्स’ लेबलअन्तर्गत उक्त गीत सार्वजनिक गरिएको थियो, त्यसले भने एक विज्ञप्ति जारी गरेको छ।

ट्रुपर रेकर्ड्सले ‘मिर्जापुर’ चलचित्रमा उक्त गीत प्रयोग गर्न फरहान अख्तरको कम्पनी ‘एक्सेल इन्टरटेनमेन्ट’ लाई अनुमति प्रदान गरिएको जनाएको छ। साथै, उनीहरूले चलचित्रको सफलताका लागि एक्सेल इन्टरटेनमेन्टलाई बधाई पनि दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बूढानीलकण्ठका विद्यालयको डिजिटल नक्साङ्कन तथा शैक्षिक सूचना प्रणाली तयार
२०८३ भाद्र २४, बुधबार
भोटेकोशी बाढी: लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
२०८३ भाद्र २४, बुधबार
नुवाकोटका १,८०० भन्दा बढी उद्योग-व्यवसाय बाढीबाट ध्वस्त, पुनरुत्थानका लागि सरकारसँग व्यवसायीको गुहार
२०८३ भाद्र २४, बुधबार
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
२०८३ भाद्र २४, बुधबार
अमेरिका-इरान तनाव चर्किँदै
२०८३ भाद्र २४, बुधबार
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा दुविधा छैन’ : डा. महेश्वर ढकाल (अन्तवार्ता)
२०८३ भाद्र २४, बुधबार
‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव
२०८३ भाद्र २४, बुधबार