भाद्र २४, २०८३ बुधबार September 9, 2026

खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी

बाजुरा विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोली खटिएर बेपत्ता किशोरको खोजी जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाजुरा, २४ भदौः खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गगनसिंह भाटका अनुसार मङ्गलबार दिउँसो बाख्रा चराउन गएका किशोर सोही ठाउँको कालसिङ्गे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् । घटनाकाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए ।

प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुरा विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोली खटिएर बेपत्ता किशोरको खोजी जारी रहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स अन्तराष्ट्रिय निर्देशक राजन लम्सालको पहलमा भोटेकोशी बाढीपीडितलाई सवा ३ करोडको LCIF सहयोग
२०८३ भाद्र २४, बुधबार
खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी
२०८३ भाद्र २४, बुधबार
काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै
२०८३ भाद्र २४, बुधबार
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने
२०८३ भाद्र २४, बुधबार
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत
२०८३ भाद्र २४, बुधबार
बाढीप्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण
२०८३ भाद्र २४, बुधबार
आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नु आवश्यक छः उद्योगमन्त्री
२०८३ भाद्र २४, बुधबार