भाद्र २३, २०८३ मंगलबार September 8, 2026

रसुवाका बाढीपीडितलाई काठमाण्डौंमै लायन्स क्लबद्वारा राहत हस्तान्तरण

घर गुमाएकादेखि आफन्त गुमाएकासम्म, बाढीपीडितको सहारा बन्यो लायन्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ २३ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी–पहिरोले घरपरिवार, आफन्त र सम्पत्तिसमेत गुमाएका रसुवा तथा भोटेकोशी क्षेत्रका नागरिक अहिले काठमाडौंमा आश्रय लिएर बसिरहेका छन्। विपद्ले विस्थापित बनाएर राजधानी ल्याइपुर्‍याएका यिनै परिवारको पीडामा मल्हम लगाउने प्रयासस्वरूप लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका क्लबहरू राहत लिएर उनीहरू बसेको स्थानसम्म पुगेका छन्।

May be an image of one or more people, dais and textभदौ १० गते आएको बाढी–पहिरोमा आफन्त तथा परिवारका सदस्य गुमाएका र घरबास छाडेर काठमाडौंमा आश्रय लिन बाध्य भएका पीडित परिवारलाई मंगलबार तारकेश्वरस्थित गुम्बा क्षेत्रमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो। लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत गण्डकी एरियाका १९ वटा लायन्स क्लबको संयुक्त आयोजनामा राहत सामग्री वितरण गरिएको हो ।

May be an image of one or more people, dais, temple and textविपद्को समयमा राहत सामग्री बोकेर प्रभावित क्षेत्रमै पुगेको लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले यसपटक राजधानीमा अस्थायी आश्रय लिएर बसेका परिवारको अवस्थासमेत बुझेर सहयोग गरेको हो । लायन्स अन्तराष्ट्रियका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीका अनुसार भोटेकोशी बाढीपछि डिस्ट्रिक्टअन्तर्गतका क्लबहरू प्रत्यक्ष प्रभावित क्षेत्रमा पुगेर राहत वितरणमा सक्रिय हुँदै आएका छन् । प्रभावितमध्ये काठमाडौंमा आश्रय लिएर बसेका रसुवा -नुवाकोटका करिब ३ सय भन्दा बढी परिवारलाई पनि सहयोगको आवश्यकता देखिएपछि राजधानीमै राहत पुर्‍याइएको उहाँले बताउनुभयो ।

May be an image of one or more people and textराहत वितरणका क्रममा पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने किचन सामग्री समेत उपलब्ध गराइएको थियो। आयोजकका अनुसार अस्थायी आश्रय व्यवस्थापनमा सहयोग पुर्‍याउनुका साथै स्वास्थ्य सेवा, मानसिक परामर्श तथा स्वच्छ खानेपानीका लागि पानी शुद्धीकरण सामग्रीसमेत उपलब्ध गराउने प्रयास गरिएको छ।

May be an image of one or more people, temple and textबाढीका कारण आफ्नै आँखाअगाडि परिवारका सदस्य गुमाउनुपरेका पीडितहरू अझै पनि त्यस घटनाको त्रास र पीडाबाट बाहिर आउन सकेका छैनन्। राहत सामग्रीले तत्कालको समस्या केही हदसम्म टार्न सहयोग पुगे पनि उनीहरूले दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने माग गरेका छन्।

May be an image of one or more people and textपीडितहरूको अवस्था र आवश्यकताको अध्ययन गरेर सहयोग गरिएको आयोजकको भनाइ छ। बाढीले घरबारविहीन बनाएर राजधानी ल्याइपुर्‍याएका परिवारलाई खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउँदा कठिन परिस्थितिमा केही भए पनि राहत पुग्ने विश्वास लायन्स नेतृत्वले व्यक्त गरेको छ।

May be an image of one or more people and textलायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले भोटेकोशी बाढीपछि राहत अभियानलाई प्रभावित क्षेत्रदेखि राजधानीसम्म निरन्तरता दिँदै आएको छ। केही दिनअघि मात्रै बागमती एरियासहित डिस्ट्रिक्ट अन्तर्गतबाट नुवाकोटका बाढी प्रभावित क्षेत्रमा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन विष्णुहरि फुँयालको नेतृत्वमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो।

May be an image of one or more people, people studying, temple and textलायन्स नेतृत्वका अनुसार प्राकृतिक विपदमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै स्वास्थ्य, सुरक्षित खानेपानी, अस्थायी आश्रय र मानसिक स्वास्थ्यजस्ता विषयलाई समेत अभियानमा समेट्ने प्रयास भइरहेको छ। राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय स्वयंसेवकहरूले पनि सहयोग गरेका छन्।

राहत अभियानमा लायन्स क्लब अफ पोखरा कुमुद, एलसीपी सेन्ट्रल, एलसीपी युनिटी चौतारी, एलसीपी अनुराग, एलसीपी समृद्धि, एलसीपी सप्तगण्डकी, एलसीपी नेक्सस, एलसीपी माउन्टेन भ्यु सिटी, एलसीपी सुन्दरनगरी, एलसीपी एपेक्स, एलसीपी ग्लोबल, एलसीपी पिस होम, एलसीपी गार्डेन सिटी, एलसीपी सेन्ट्रल सिटी, एलसीपी ग्यालेक्सी, एलसीपी डाइनामिक, एलसीपी लेखनाथ गार्डेन सिटी तथा एलसीपी ब्यूटिफुल सिटीलगायत १९ वटा क्लबको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा लायन्स अन्तराष्ट्रियका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारी, प्रथम भाइस गभर्नर विष्णुहरि फुँयाल, द्वितीय भाइस गभर्नर हसनकुमार गोपाली, क्याबिनेट सेक्रेटरी गणेश जिसी, क्याबिनेट ट्रेजरर चुडामणी सिलवाल, चिफ एड्भाइजर मीनराज काफ्लेलगायत लायन्सका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय जिल्ला प्रतिनिधित्व गर्ने क्लबका लिडरद्वय राजेन्द्र आचार्य, रामकृष्ण अवस्थीलगायतको समेत सहभागिता थियो।

May be an image of one or more peopleयसैबीच, भोटेकोशी बाढीले लायन्स परिवारलाई समेत गहिरो पीडा दिएको छ। लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराका क्लब डाइरेक्टर लायन पदम मगर सोही बाढीमा परी हालसम्म पनि बेपत्ता छन्। राहत तथा उद्धार अभियानमा सक्रिय लायन्स परिवारकै एक सदस्य बाढीपछि बेपत्ता रहनुले विपद्को पीडा अझ गहिरो बनाएको छ।

लायन्स क्लबहरूले बाढीबाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने कामसँगै उनीहरूको दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक सहयोगमा समेत निरन्तर साथ दिने प्रतिबद्धता जनाएका छन्। विपद्को कठिन समयमा पीडितको दुःखमा सहभागी हुँदै मानवीय सेवाको अभियानलाई थप प्रभावकारी बनाउने कार्यक्रम जारी रहेको डिस्ट्रिक्ट ३२५ के नेपालका ग्लोबल कजेज चिफ मोहन श्रेष्ठको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया