काठमाडौँ । मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली चयन भएका छन् । हालै सम्पन्न प्रतिष्ठानको ३२औँ वार्षिक साधारणसभाले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा कृष्णहरि थापा, महासचिवमा मधु तिमिल्सिना, सचिवमा विदुरप्रसाद ढुङ्गाना, कोषाध्यक्षमा सुरेश चापागाईँ तथा सदस्यमा सुरेशप्रसाद निरौला, श्रीकृष्ण चापागाईँ, सुदर्शन चापागाईँ, दिव्याकुमारी घिमिरे, मणिराम फुयाँल, झुमा देवान नेपाल, नारायणप्रसाद आचार्य, डा श्री निरोज पौडेल, सृष्टि भट्टराई र विवेक थपलिया चयन भएका छन् ।
साधारणसभामा वाम आन्दोलनमा विशिष्ट योगदान पुर्याएको भन्दै नेता त्रय वाचस्पति देवकोटा, केशव बडाल र केशवलाल श्रेष्ठलाई सम्मान गरिएको प्रतिष्ठानका सदस्य विष्णु खनालले जानकारी दिए ।त्यस अवसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष वाचस्पति देवकोटाले प्रतिष्ठानलाई समयानुकूल अझ सुदृढ, गतिशील एवम् जनमुखी बनाउन एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
साधारणसभाको बन्दसत्रले सचिव मधु तिमिल्सिनाको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष सुरेश चापागाईँको आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन र विदुरप्रसाद ढुङ्गानाको विधान संशोधन प्रतिवेदन पारित गरेको थियो । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा गठित प्रतिष्ठानले नेपालको राजनीतिक, वैचारिक तथा सामाजिक विषयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया