भाद्र २३, २०८३ मंगलबार September 8, 2026

शहीदहरूको सपना र उपलब्धि जोगाउन नयाँ सङ्कल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड

शहीदहरूको सपना र उपलब्धि जोगाउन नयाँ सङ्कल्पका साथ अघि बढ्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।

काठमाडौँमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण दिन भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “२०५६ सालमा सुरेश वाग्ले र भीमसेन पोखरेलले गोरखामा सहादत प्राप्त गर्नुभयो । पार्टीको पोलिटब्युरो तहको सबैभन्दा उच्च नेतृत्व पङ्क्तिबाट भएको त्यो सहादतले तत्कालीन राज्यसत्ताविरुद्ध जनता र क्रान्तिकारी पङ्क्तिमा आक्रोश र ऊर्जा पैदा गर्‍यो तथा जनयुद्धलाई नयाँ उचाइमा पुर्‍यायो।”

अध्यक्ष प्रचण्डले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताउनुभयो।

“सुरेश वाग्लेको निष्ठा, आदर्श र राजनीतिक उचाइ निकै उच्च थियो। उहाँको बलिदानपछि पैदा भएको नयाँ सङ्कल्प र ऊर्जाले जनयुद्धलाई नयाँ उचाइमा लैजान र त्यसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्‍यो,” उहाँले भन्नुभयो।

उहाँले जनमुक्ति सेनाका कुशल कमान्डर भीमसेन पोखरेलको योगदान र आदर्श पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।

प्रचण्डले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिका विरुद्ध नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

“प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ,” उहाँले भन्नुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग
२०८३ भाद्र २३, मंगलबार
बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोगको एक करोड एक लाख रुपैयाँ सहयोग
२०८३ भाद्र २३, मंगलबार
सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि
२०८३ भाद्र २३, मंगलबार
राप्ती लोकमार्गको सल्यान-दाङ सडकखण्ड १३ घण्टापछि सुचारु
२०८३ भाद्र २३, मंगलबार
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की
२०८३ भाद्र २३, मंगलबार
President Paudel Offers Special Prayers at Pashupatinath for the Welfare of the Nation and People
२०८३ भाद्र २३, मंगलबार
नवलपरासीको सुस्तामा भन्सार छलेर भारत लैजान लागिएका ८सय १ थान शालग्राम बरामद
२०८३ भाद्र २३, मंगलबार