भाद्र २४, २०८३ बुधबार September 9, 2026

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, सञ्चार सम्पर्क कायम गर्न तथा आपत्कालीन सेवा सञ्चालनमा सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोग स्वरूप वितरण गरिएको छ ।

‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायतका क्षेत्रका वासिन्दा लाभान्वित भएका छन् ।  स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, सञ्चार सम्पर्क कायम गर्न तथा आपत्कालीन सेवा सञ्चालनमा सहज  भएको छ ।

त्यसैगरी, आपत्कालीन उद्धार, राहत, पुनःस्थापना र प्रतिकार्यलाई व्यवस्थित बनाउन कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकाका आश्रय स्थलमा पनि जेनेरेटर हस्तान्तरण गरिएको छ । बाढीका कारण सडक सम्पर्कसमेत विच्छेद भई बेत्रावती नजिकैको जङ्गल क्षेत्रमा पाल टाँगेर आश्रय लिइरहेका विस्थापित परिवारलाई पनि प्रत्यक्ष रूपमै पुगेर जेनेरेटर उपलब्ध गराइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बूढानीलकण्ठका विद्यालयको डिजिटल नक्साङ्कन तथा शैक्षिक सूचना प्रणाली तयार
२०८३ भाद्र २४, बुधबार
भोटेकोशी बाढी: लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
२०८३ भाद्र २४, बुधबार
नुवाकोटका १,८०० भन्दा बढी उद्योग-व्यवसाय बाढीबाट ध्वस्त, पुनरुत्थानका लागि सरकारसँग व्यवसायीको गुहार
२०८३ भाद्र २४, बुधबार
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
२०८३ भाद्र २४, बुधबार
अमेरिका-इरान तनाव चर्किँदै
२०८३ भाद्र २४, बुधबार
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा दुविधा छैन’ : डा. महेश्वर ढकाल (अन्तवार्ता)
२०८३ भाद्र २४, बुधबार
‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव
२०८३ भाद्र २४, बुधबार