कार्तिक २२, २०८३ आइतबार November 8, 2026

बूढानीलकण्ठका विद्यालयको डिजिटल नक्साङ्कन तथा शैक्षिक सूचना प्रणाली तयार

बूढानीलकण्ठका विद्यालयको शैक्षिक विवरण अब जिआइएस प्रविधिमार्फत हेर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूचना प्रणाली व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर फाइल हस्तान्तरण गरिएको छ।

सो पालिकामा शैक्षिक सहकार्य गर्दै आएको ‘ग्लोबल एक्सन नेपाल’का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मीठाराम अधिकारीलाई सो सफ्टवेयरको फाइल हस्तान्तरण गर्नुभएको हो।

विगत केही वर्ष अगाडिदेखि नै ग्लोबल एक्सन नेपालको संयोजनमा नगरपालिकाको आर्थिक सहयोग र ‘ज्ञान रिसर्च एन्ड लर्निङ रिसोर्स सेन्टर’को प्राविधिक सहयोगमा नगरपालिकाका सबै वडाका सामुदायिक तथा संस्थागत विद्यालयको भौगोलिक सूचना प्रणाली प्रविधिमा आधारित विद्यालय नक्साङ्कन तथा विद्यालयगत शैक्षिक सूचनाहरु व्यवस्थित गर्ने कार्य जारी रहेको थियो। ती वडाका १९ विद्यालयका सम्बन्धित शिक्षकलाई प्रविधि सञ्चालन गर्ने तरिकासम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो।

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख अधिकारीले प्रविधि निर्माणमात्र प्रमुख कुरा नभई यसको उपयोगिता धेरै महत्त्वपूर्ण भएकाले अब सम्बन्धित वडा विद्यालयले यसको उपयोग गर्ने विश्वास व्यक्त गरे। नगरका शिक्षा शाखा प्रमुख ललितविक्रम सिंहले यस प्रविपिधमार्फत देशविदेशको जुनसुकै स्थानबाट सम्पूर्ण वडाहरूभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको दूरी तथा विद्यालयसम्बन्धी विवरण हेर्न र बुझ्न सकिने जानकारी दिेए।

ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक श्रेष्ठले यो कार्य शिक्षा क्षेत्रका लागि एउटा नवीन तथा उपलब्धिमूलक हुने भएकाले यस साझेदारी नमूना सावित हुने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Foreign Minister Khanal leaves for Turkiye, leading Nepali Delegation to COP31
२०८३ कार्तिक २१, शनिबार
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार