कार्तिक ११, २०८३ बुधबार October 28, 2026

पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक

नेपालमा आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा पुस्तकमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २७ भदौः विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ ।

सो पुस्तकको उद्योगपति विनोद चौधरी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, पूर्वन्यायाधीश एवं साइबर कानुनका जानकार डा श्रीकृष्ण भट्टराईले ‘डिजिटल’ रूपमा लोकर्पण गर्नुभयो ।

पुस्तकमा नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार र फेरिएको विज्ञापन संस्कारलगायत विषय समेटिएको छ ।

त्यस्तै नेपालमा आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा पुस्तकमा प्रस्तुत छ ।

नेपाल विज्ञापन एजेन्सी व्यवसायी सङ्घको अध्यक्षसमेत रहनुभएका पौडेलले पुस्तकमा व्यावसायिक आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा भोग्नुपरेका सफलता, असफताका विषय पनि समेट्नुभएको छ ।

लेखक पौडेलले विज्ञापन क्षेत्रमा नयाँपन ल्याउने आफ्नो प्रयाससँगै आफूले जाने भोगेका विषयवस्तुलाई सार्वजनिक गरी नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रमा लागिरहेका र यस क्षेत्रमा लाग्ने आगामी पुस्ताले हासिल गर्नुपर्ने ज्ञानका कुरालाई पनि पुस्तकमा सकेसम्म समेटेको बताउनुभयो । करिब छ सयभन्दा बढी विज्ञापन निर्माण गरेका अनुभव र पछिल्लो समयमा फेरिएको विज्ञापन शैलीका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ ।

उद्योगपति चौधरीले पुस्तक विज्ञापन क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका लागि इतिहासको अध्ययन, मार्गदर्शन र प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।

सञ्चार उद्यमी राजकर्णिकारले सो पुस्तकले विज्ञापन एजेन्सी, विज्ञापनदाता, सञ्चारमाध्यम र सरकारी नीतिनियमबीचको अन्तरसम्बन्धलाई सैद्धान्तिक र व्यावहारिक दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरेको बताउनुभयो ।

पूर्वन्यायाधीश भट्टराईले विज्ञापनको परम्परागत शैलीबाट डिजिटल रुपमान्तरणसम्मको यात्रालाई पुस्तकमा सूक्ष्म रुपमा केलाएको जनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार