बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

दक्षिणी सोमालियामा १८ लडाकू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा विद्रोही अल-शबाबसँग आबद्ध कम्तीमा १८ जना लडाकूको मृत्यु भएको छ। एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गरेको थियो।

सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले स्थानीय संवाददाताहरुलाई विद्रोहीहरु लुकेर बसेको भन्ने स्थानीयबासीको सूचनाका आधारमा सेनाले कारबाही गरेको जानकारी दिए।

कमान्डर जियादले विद्रोहीले शसक्त प्रतिकार गरेका भए पनि उनीहरु परास्त भएको बताए। लोअर शाबेले क्षेत्रमा विद्रोहीका युद्धकार्य कमान्डर सिडो नुरे अबु मुहसिन पनि मारिएको उनले जानकारी दिए।

हालैका महिनाहरुमा सोमालियाको सरकारी फौजले मध्य र दक्षिणी क्षेत्रमा अल–शबाब विद्रोही समूह विरुद्ध आक्रामक कारबाही गरिरहेको छ।

ग्रामीण क्षेत्रमा पकड बनाएका विद्रोहीहरुले सेनालाई लक्षित गरी बाटाहरुमा बारुदी सुरुङ बिछ्याउने र विद्युतीय धराप राख्ने गरेको सेनाले जनाएको छ। –एएनआई।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार