कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

एकीकृत प्रतिवेदन तयार गरेर सचिवालयको बैठकमा पेस गर्ने समझदारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबिच सहमतिको प्रयास जारी रहेको छ ।

कार्यदलमा रहेका पदाधिकारीबिच गत भदौ २८ गते काभ्रेपलाञ्चोकको बल्थलीमा भएको छलफलका आधारमा प्रतिवेदनलाई एकीकृत गर्न लागिएको हो । कार्यदलको आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकमा सहमतिका आधारमा एकीकृत प्रतिवेदन तयार गरेर सचिवालयको बैठकमा पेस गर्ने समझदारी भएको एमालेका सचिव महेश बस्नेतले बताउनुभयो ।

सचिव बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचना नगर्ने, राजीनामा नमाग्ने, पुनर्गठनको कार्यसूचीका आधारमा विशेष महाधिवेशन नडाक्ने र वर्तमान सरकारका काम कारबाहीबारे छलफल गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउन सकिने विषय प्रतिवेदनमा थप्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्वको कार्यकाल, उमेर हदजस्ता विषयमा विधानमा गरिनुपर्ने संशोधनबारे नियमित विधान महाधिवेशनमा छलफल गर्ने र कार्यदललाई प्रदेशस्तरमा प्राप्त सुझावलाई प्रतिवेदनको अङ्गका रुपमा राख्ने विषयमा पनि कुराकानी भएको बताउनुभयो ।

उहाँले एमालेभित्रको बदलिँदो मनोविज्ञान र परिस्थिति तथा पार्टीलाई एकताबद्ध बनाएर लान खुला ढङ्गले छलफल गरेर साझा प्रतिवेदन सचिवालयको बैठकमा पेस गरिने बताउनुभयो । उहाँले पार्टीभित्र नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा नआउने स्पष्ट गर्नुभयो ।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलले प्रदेशस्तरमा पुगेर सुझाव सङ्कलन गरेको थियो । बल्थलीमा भएको बैठकले पार्टीका उपाध्यक्ष एवम् कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेललाई एकीकृत प्रतिवेदन ल्याउन जिम्मेवारी दिएको थियो ।

कार्यदलका लागि महासचिव पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवम् संयोजक थापाकै फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो । गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । गत जेठ २६ गते पार्टीका अध्यक्ष ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव लिने कार्यतालिका बनाएको थियो । एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक यही असोज ५, ६ र ७ गतेका लागि तोकिएको छ । रासस 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन
२०८३ कार्तिक १९, बिहिबार
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
२०८३ कार्तिक १९, बिहिबार
‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे
२०८३ कार्तिक १९, बिहिबार
इजरायलमा आफ्नो नेतृत्वमा सरकार बन्ने आइजनकोटको दाबी
२०८३ कार्तिक १९, बिहिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल
२०८३ कार्तिक १९, बिहिबार
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
२०८३ कार्तिक १९, बिहिबार