कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

पार्टी सचिवालयबाट प्रस्तावित विभिन्न विषयहरूमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ५ असोज । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज सोमबार ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्दै छ।

बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेसगायत पार्टी सचिवालयबाट प्रस्तावित विभिन्न विषयहरूमा छलफल हुनेछ। यसअघि आइतबार बसेको पार्टीको १०औँ सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सहमति जनाउँदै आजको केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गरेको थियो।

सचिवालय बैठकले उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलद्वारा तयार पारिएको प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिँदै अनुमोदनसमेत गरेको छ।

संयोजक थापाले पेस गरेको उक्त प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले अन्तिम परिमार्जन गरेका थिए। देशभरबाट प्राप्त सुझावहरूलाई अनुसूचीका रूपमा समावेश गरिएको उक्त प्रतिवेदनबाट ‘तत्काल पुनर्गठन’ भन्ने शब्द भने हटाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन
२०८३ कार्तिक १९, बिहिबार
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
२०८३ कार्तिक १९, बिहिबार
‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे
२०८३ कार्तिक १९, बिहिबार
इजरायलमा आफ्नो नेतृत्वमा सरकार बन्ने आइजनकोटको दाबी
२०८३ कार्तिक १९, बिहिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल
२०८३ कार्तिक १९, बिहिबार
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
२०८३ कार्तिक १९, बिहिबार