बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा सो भागदौड भएको थियो ।यहाँका सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए ।

सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त कन्सुलेटमा लाममा लागेका महिलालाई लक्ष गरेर हल्ला मच्चाइएको र जसका काराण महिलाहरु भागदौडमा परेका थिए । त्यस क्रममा लाम लागेर बसेका महिलाहरुमा बम पड्किएको हल्ला चलाइएको र अकस्मात सो हल्लाका कारण उनीहरुमा दौडधुप भएको थियो ।त्यसमा परेर १२ जना महिलाको घटनास्थलमै ज्यान गएको र अरु १२ जना नराम्ररी घाइते भएका थिए ।

घाइते भएकाहरुको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बताइएको छ । यहाँको स्थानीय सञ्चारमाध्यम टोलो न्युज टेलिभिजनले सो कुराको जानकारी दिएको हो । मारिने महिलामा पाकिस्तानका र अफगानिस्तानका के कति जना थिए भन्ने बारेमा केही बताइएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार