काठमाडौं, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पनि जारी रहेको छ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन्।
यसैबीच, बैठकको सुरुमै केन्द्रीय सदस्य कर्णबहादुर थापाले कार्यशैलीलाई लिएर विरोध जनाएका छन्। उनले बैठक सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरूलाई विचार राख्नबाट वञ्चित गराउन नपाइने धारणा राखेका थिए।
बैठकलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले हलभित्र मोबाइल फोन प्रयोगमा कडाइ गरिएको छ। केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि पालैपालो सुझाव तथा धारणा राख्ने क्रम जारी छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया