असोज १०, २०८३ शनिबार September 26, 2026

राँकामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड–खच्चा क्षेत्रमा पहिरो खसेपछि सडक बन्द भ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जुम्ला । अविरल वर्षापछि कर्णाली राजमार्गअन्तर्गत जुम्ला र कालिकोटका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका–१ स्थित राँका र कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

तातोपानीको राँकामा ठूलो सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा बन्द भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभएको छ ।

अविरल वर्षाका कारण कर्णालीका विभिन्न जिल्लाका सडकमा यातायात प्रभावित भएको छ । शनिबार बिहानसम्म दैलेख, कालिकोट, हुम्ला, मुगु र जाजरकोटका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।

दैलेख–कालिकोट सडकखण्डअन्तर्गत गगने खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

यस्तै, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड–खच्चा क्षेत्रमा पहिरो खसेपछि सडक बन्द भएको छ ।

मुगुको नाग्मा–गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया