असोज २१, २०८३ बुधबार October 7, 2026

दशौँ राष्ट्रिय खेलकुद : जुम्लामा महिला–पुरुष खेलाडी छनोट प्रतियोगिता सुरु

जुम्लामा ११ विधामा खेलाडी छनोट, दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जुम्ला । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरर्गत जम्ला जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लामा मङ्गलवारदेखि खेलाडी छनोट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानले उद्घाटन गर्नुभयो । आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट अब्बल खेलाडी पठाउन छनोट प्रतियोगिता सुरु गरिएको खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख कविदत्त न्यौपानेले बताउनुभयो ।

छनोट प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बुद्धिचाल, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, उसु, बास्केटबल, फुटबल, कबड्डी, भलिबल र ह्यान्डबल लगायतका विद्यामा महिला तथा पुरुष खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकासका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना
२०८३ असोज २१, बुधबार
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
२०८३ असोज २१, बुधबार
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु
२०८३ असोज २१, बुधबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
२०८३ असोज २१, बुधबार
प्रधान सेनापति सिग्देलद्वारा बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता
२०८३ असोज २१, बुधबार
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित
२०८३ असोज २१, बुधबार
काँग्रेस महाधिवेशनः १० बजेदेखी मतदान, कुन प्रदेशको कहाँ, हेर्नुहोस् ?
२०८३ असोज २१, बुधबार