असोज २०, २०८३ मंगलबार October 6, 2026

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

गगन थापाले कांग्रेस सभापतिमा दिए उम्मेदवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

थापाले मंगलबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

थापा गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । १५औँ महाधिवेशनमार्फत उनले पार्टीको नियमित कार्यकालका लागि पुनः सभापति पदमा उम्मेदवारी दिएका हुन् । यसअघि १४औँ महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका थिए ।

१५औँ महाधिवेशनअन्तर्गत मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता भइरहेको छ । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका आकांक्षीहरूले मनोनयन दर्ता गराइरहेका छन् ।

यसैबीच, निर्वाचन समितिले वर्षाका कारण उम्मेदवारी दर्ता स्थलसम्म पुग्न तथा आवश्यक प्रक्रिया पूरा गर्न केही आकांक्षीलाई कठिनाइ भएको हुनसक्ने भन्दै मनोनयन दर्ताको समय थप गरेको छ । समितिले उम्मेदवारी दर्ताको समय साँझ ७ बजेसम्म पुर्‍याएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार
Minister Lamsal for ‘paradigm shift’ in construction of disaster-resistant structures
२०८३ असोज २०, मंगलबार