असोज २१, २०८३ बुधबार October 7, 2026

सडक अवरुद्ध हुँदा लेतेदेखि कोरलासम्म रोकिए ५०० बढी कन्टेनर

विद्युत् र इन्टरनेटको समस्याका कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयौँको सङ्ख्यामा अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाउँमा रोकिएका हुन्। भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ।

उक्त सडक सञ्चालनका लागि अझै एक साता लाग्ने त्यस सडक आयोजनाका प्राविधिकहरूले बताए। उक्त सडक सञ्चालनमा नआउँदा ७० बढी कन्टेनर र सय बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएको छ।

बेनी-जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरलानाकाबाट भने केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम-कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका ती केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो।

यसअघि बाढी पहिरोबाट नाका क्षेत्रमा विद्युत् र इन्टरनेटको समस्याका कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयौँको सङ्ख्यामा ती कन्टेनर रोकिएका थिए।

भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोलमा क्षति पुग्दा एक सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध थियो। त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो।

कोरला नाकामै रोकिएका कन्टेनर चालक गोबिन्द गुरुङले भने, “कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० बढी विद्युतीय सवारी साधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएका छन्।”

चीनबाट कोरलानाका हुँदै पैठारी गरी नेपाल भित्र्याइएको दसैँतिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्‍याउन नसक्दा व्यापारी मात्र होइन, उपभोक्ता समेत इच्छाइएको सामग्री खरिद गर्नबाट वञ्चित हुनुपरेको छ। त्यसबाट नेपाली बजारसमेत आर्थिक रूपमा चलायमान हुन सकेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति समक्ष आयोगहरूको वार्षिक प्रतिवेदन पेश
२०८३ असोज २१, बुधबार
आज अक्टोबर ७ : हमास आक्रमणको तीन वर्ष पूरा, इजरायलमा शोक र स्मरण कार्यक्रम
२०८३ असोज २१, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद बैठक
२०८३ असोज २१, बुधबार
सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट
२०८३ असोज २१, बुधबार
मुगुमा पहिरोले बोलेरो जिप पुरियो, चालकसहित यात्रु सुरक्षित
२०८३ असोज २१, बुधबार
एकैपटक ४४ उपसचिवको सरुवा, बदलियो जिल्लादेखि मन्त्रालयसम्मको जिम्मेवारी
२०८३ असोज २१, बुधबार
सडक अवरुद्ध हुँदा लेतेदेखि कोरलासम्म रोकिए ५०० बढी कन्टेनर
२०८३ असोज २१, बुधबार