काठमाडौं। नेपाली बजारमा बुधबार (असोज २१) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थिर रहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ८०० रुपैयाँले बढेको हो।
मूल्य वृद्धिसँगै बुधबार छापावाल सुनको कारोबार प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा भइरहेको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो।
सोमबार भने तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको थियो भने आइतबार एकैदिन २ हजार ८०० रुपैयाँको ठूलो गिरावट आउँदै प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा झरेको थियो।
यसैगरी, बुधबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको थियो। यसअघि सोमबार ४० रुपैयाँ बढेर ४ हजार ४३० रुपैयाँ पुगेको चाँदी आइतबार ६० रुपैयाँले घट्दै ४ हजार ३९० रुपैयाँमा सीमित भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया