असोज २३, २०८३ शुक्रबार October 9, 2026

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो

यात्रुको सुरक्षाका लागि पोसाकसहितका प्रहरीका साथै ठूलो सङ्ख्यामा सादा पोसाकमा समेत प्रहरी परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ। टिकट बुकिङ सुरु भएसँगै नयाँ बसपार्कमा बिहानैदेखि गन्तव्यतर्फ जाने यात्रुहरूको बाक्लो घुइँचो लागेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार देशका सबै मुख्य क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण र सुरक्षा व्यवस्थालाई कडाइ गर्न एकीकृत सुरक्षा योजना लागू गरिएको छ। प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठले बसपार्क तथा आसपासका क्षेत्रमा शान्तिसुरक्षा चुस्त बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार यात्रुको सुरक्षाका लागि पोसाकसहितका प्रहरीका साथै ठूलो सङ्ख्यामा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

यसअघि गत मङ्गलवार यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी र मजदुर सङ्घ-संगठनहरूबीच चाडपर्वलक्षित यातायात व्यवस्थापनका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उखु किसानलाई एक अर्ब ५० करोड अनुदान
२०८३ असोज २३, शुक्रबार
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार