असोज २४, २०८३ शनिबार October 10, 2026

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताउनुभएको छ ।

शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्नुपर्छ : राष्ट्रपतिपशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताउनुभयो ।

राष्ट्रप्रतिको जिम्मेवारीलाई हृदयङ्गम गरौं

सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले राष्ट्रको भविष्य निर्माण गर्ने आधार मुलुकको शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता गुण विकास गर्नुपर्ने बताउनुभयो ।

आजका विद्यार्थी नै भविष्यका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा जिम्मेवार नागरिक हुने भएकाले उनीहरूलाई पाठ्यपुस्तकको ज्ञान र परीक्षामा उच्च अङ्क हासिल गर्ने क्षमतामा मात्र सीमित राख्न नहुने उहाँले बताउनुभयो ।

विद्यार्थीलाई समस्या समाधान, नवीन सोच विकास, प्रविधिको सदुपयोग र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्नुुपर्नेमा जोड दिँदै राष्ट्रपतिले यसका लागि सरकार, नीतिनिर्माता र शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबै पक्षबीच सहकार्य आवश्यक छ भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिमा स्पष्ट विचार र नीतिप्रति अडिग हुनुपर्छ : शशांक कोइराला
२०८३ असोज २४, शनिबार
Traffic resumes on BP Highway
२०८३ असोज २४, शनिबार
सभापति गगन थापाको प्रतिबद्धता : कांग्रेस छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउँछौँ
२०८३ असोज २४, शनिबार
पार्टी सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्दै एमाले
२०८३ असोज २४, शनिबार
पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय
२०८३ असोज २४, शनिबार
अन्तर्राष्ट्रिय न्यायको संरक्षणमा जोड, अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो
२०८३ असोज २४, शनिबार
शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड
२०८३ असोज २४, शनिबार