असोज २४, २०८३ शनिबार October 10, 2026

अन्तर्राष्ट्रिय न्यायको संरक्षणमा जोड, अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो

अन्तर्राष्ट्रिय न्याय प्रणालीको स्वतन्त्रता, निष्पक्षता र प्रभावकारिताको संरक्षण गर्नुपर्ने महत्त्वमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

संयुक्त राष्ट्रसंघ/ओटावा,२४ असोज । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा आठ राष्ट्रका विदेशमन्त्रीहरूले उक्त निर्णयप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ । उहाँहरूले अन्तर्राष्ट्रिय न्याय प्रणालीको स्वतन्त्रता, निष्पक्षता र प्रभावकारिताको संरक्षण गर्नुपर्ने महत्त्वमा जोड दिनुभएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले शुक्रबार जारी गर्नुभएको वक्तव्यअनुसार महासचिव गुटेरेसले अमेरिकी प्रतिबन्धले अदालतको समग्र कार्यक्षमतामा पार्न सक्ने प्रभावप्रति चिन्ता व्यक्त गर्नुभएको छ । विशेषगरी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् तथा रोम विधानका पक्ष राष्ट्रहरूले अदालतसमक्ष पठाएका मुद्दाहरूमा काम गर्ने क्षमतामा असर पर्न सक्ने विषयप्रति उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

प्रवक्ता दुजारिकका अनुसार अन्तर्राष्ट्रिय अपराधमा संलग्न व्यक्तिहरूलाई जवाफदेही बनाउनु र पीडितहरूलाई न्याय उपलब्ध गराउनु विश्वव्यापी शान्ति, सुरक्षा, मानव अधिकार तथा मौलिक स्वतन्त्रताप्रतिको साझा प्रतिबद्धताको महत्त्वपूर्ण हिस्सा हो । महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय फौजदारी अदालत र यसका अधिकारीहरूको स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन दोहो¥याउँदै सबै राष्ट्रलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका प्रतिबद्धता पालना गर्न आह्वान गर्नुभएको छ ।

यसैबीच, क्यानडा, डेनमार्क, जर्मनी, फ्रान्स, इटाली, जापान, नेदरल्यान्ड्स र बेलायतका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी निर्णयप्रति खेद व्यक्त गर्नुभएको छ । रोम विधानका पक्ष राष्ट्रका रूपमा ती आठ देशले अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्वतन्त्रता, निष्पक्षता र संस्थागत अखण्डताप्रतिको आफ्नो समर्थन पुनः पुष्टि गर्नुभएको छ ।

ती राष्ट्रहरूले सन् २०२६ को डिसेम्बरमा हुने रोम विधानका पक्ष राष्ट्रहरूको सभाको तयारीका क्रममा विधानमा आबद्ध नरहेका मुलुकहरूसँग पनि रचनात्मक तथा समावेशी संवाद अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अदालतसँग हुने कारोबारमा प्रतिबन्ध लगाउने, यसका स्रोतसाधनमा पहुँच सीमित गर्ने तथा कार्यसञ्चालन क्षमतामा असर पार्ने उद्देश्यसहित प्रतिबन्धको घोषणा गर्नुभएको थियो ।

यस घटनाक्रमले अन्तर्राष्ट्रिय न्याय, कानुनी जवाफदेहिता तथा बहुपक्षीय सहकार्यको महत्त्वलाई पुनः चर्चामा ल्याएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिमा स्पष्ट विचार र नीतिप्रति अडिग हुनुपर्छ : शशांक कोइराला
२०८३ असोज २४, शनिबार
Traffic resumes on BP Highway
२०८३ असोज २४, शनिबार
सभापति गगन थापाको प्रतिबद्धता : कांग्रेस छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउँछौँ
२०८३ असोज २४, शनिबार
पार्टी सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्दै एमाले
२०८३ असोज २४, शनिबार
पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय
२०८३ असोज २४, शनिबार
अन्तर्राष्ट्रिय न्यायको संरक्षणमा जोड, अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो
२०८३ असोज २४, शनिबार
शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड
२०८३ असोज २४, शनिबार